सेन्ट जेभियर्समा डिजिटल मार्केटिङको छलफल, रजिश र आशिषले दिए ट्रेनिङ

दक्ष खबर 16457+ समाचार ( )
१७ कार्तिक २०८२, आइतबार

काठमाडौँ । सेन्ट जेभियर्स कलेज माइतीघरका विद्यार्थीहरूलाई डिजिटल मार्केटिङ सम्बन्धि ज्ञान आदानप्रदान गरिएको छ ।

कलेजका विभिन्न तहमा अध्यायनरत उपस्थिति विद्यार्थीहरूलाई ट्रेनरद्वय रजिश श्रेष्ठ र आशिष राजभण्डारीले डिजिटल मार्केटिङ, सोसल मिडिया र यसको ब्यवस्थापनका विषयमा जानकारी दिनुभएको हो । 

"विद्यार्थीहरूलाई सोसल मिडियाको ब्यस्थापन, डिजिटल माध्यामहरूको सहि प्रयोग र आफ्नो ब्रान्डको कुनै पनि सामानलाई बजारमा कसरी प्रबर्द्धन गर्ने,  सामाजिक सञ्जालमा आफ्नो प्रभुत्व कसरी कायम राख्ने लगायतको विषयमा विद्यार्थीहरू सँग अन्तरक्रिया सहित छलफल गरिएको", रजिश श्रेष्ठले बताउनुभयो ।

उहाँले, ' सेन्ज जेभियर्स कलेजले विद्यार्थीहरूलाई डिजिटल युगसँगसँगै विद्यार्थीहरूलाई पनि डिजिटल्ली नै अगाडि बढाइरहेको देख्दा यहाँका विद्यार्थीहरूको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।'

अहिलेको समयमा सामाजिक सञ्जाल ब्यवस्थापन, डिजिटल मार्केटिङ र सामाजिक सञ्जाल ब्यवस्थापन अपरिहार्य कुरा भएको श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, आशिष राजभण्डारीले, "डिजिटल युगमा विद्यार्थीहरूलाई डिजिटल्ली नै तयार गर्नुपर्ने बताउनुभयो ।" उहाँले, "प्रविधिको विकास सँगसँगै सिक्नुपर्ने अति आवश्यक विषयवस्तुलाई अग्रणी रूपमा विद्यार्थीहरूले ग्रहण गर्ने अवसर पाएको उहाँले बताउनुभयो । "

सहभागी विद्यार्थीहरूले समयअनुसार परिवर्तन भईरहने सामाजिक सञ्जालको ब्यवस्थापनलाई समयनुसार र प्रविधिको प्रयोग मार्फत अगाडि बढाउनु अपरिहार्यता रहेको बताएका छन् ।

करिब दुईघण्टा लामो सेसनको सहजकर्ताका रूपमा सुजन तिमल्सिना रहनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार