सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियो : अर्जुननरसिंह केसी 

दक्ष खबर 17388+ समाचार ( )
२१ आषाढ २०८३, सोमबार

काठमाडाैँ । नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारको सय दिनको कार्यकाल सन्तोषजनक नरहेको टिप्पणी गर्नुभएको छ । सोमवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले सरकार गठनका समयमा जनतामा देखिएको आशा र विश्वास पछिल्लो सय दिनमा क्षयीकरण हुँदै गएको बताउनुभएको हो ।

सरकारले अघि सारेका सय बुँदे कार्यक्रममध्ये झन्डै ३७–३८ बुँदाभन्दा बढी कार्यान्वयनमा आउन नसकेको दाबी गर्नुभयो । उहाँले बाँकी विषयहरू शुन्य अवस्थामा रहेको उल्लेख गर्नुभयो । लोकतन्त्रमा परिणाम मात्र नभई प्रक्रिया पनि विधिसम्मत हुनुपर्नेमा जोड दिँदै नेता केसीले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति र प्रक्रियालाई निरन्तर बेवास्ता गरेको आरोप लगाउनु भयो । 

नेता केसीले प्रधानमन्त्रीको संसदप्रतिको जवाफदेहितामाथि प्रश्न पनि उठाउनु भयो । प्रधानमन्त्रीले संसद्मा व्यक्त गर्नुभएको धारणा आधिकारिक हुने स्मरण गराउँदै उहाँले जेठ १७ गतेदेखि उठिरहेका प्रश्नहरूको पाँच हप्तासम्म पनि जवाफ नआउनु दुःखद् भएको बताउनु भयो । प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्ना धारणा स्पष्ट पार्नुपर्ने वा त्रुटी सच्याउनुपर्नेमा त्यसो नगरेर संसद्को अपमान गरेको उहाँको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार