काठमाडौँ महानगरपालिका वडा ८ द्वारा भोलिबाट दोस्रो चौमासिक रकम सामाजिक सुरक्षा भत्ता वितरण हुने

दक्ष खबर 16462+ समाचार ( )
२२ पौष २०८०, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ ले सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सुचना जारी गरेको छ । 

सोमबार प्रकाशित सुचनामा नेपाल सरकारबाट वितरित सामाजिक सुरक्षा भत्ताको दोस्रो चौमासिक रकम माघ २३ गतेदेखि वितरण गरिने बताइएको छ । 

वडाअध्यक्ष आशामान संगतद्वारा जारी विज्ञप्तिमा का म पा वडामा रहेको एन. आई. सि बैकको अकाउन्ट, जयवागेश्वरी तथा एन.आई. सि बैंक मित्रपार्क काठमाडौँबाटप्रक्रिया पुर्याएर भत्ता उपलब्ध हुने जनाइएको छ ।

वृद्धभत्ता लिनका लागि नयाँ खाता खोल्न सामाजिक सुरक्षा भत्ताको कार्ड, नागरिकताको फोटोकपी तथा फोटो २ प्रति चाहिने बताइएको छ ।

कामपा वडा ८ ले स्थानीय वासिहरूको सेवा सुविधा तथा सहज सेवा प्रवाहका लागि विभिन्न निकाय मातहत काम गर्दै आईरहेको छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार