सहकारी ठगी छानविनका लागि सरकारले न्यायिक समिति गठन गर्नुपर्छ : अमेरशकुमार सिंह

दक्ष खबर 13091+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

काठमाडाैँ । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले सहकारी ठगी छानविनका लागि न्यायिक समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा सो समिति गठन गरेर ६-७ महिनाको समय दिएर सहकारी ठगीको छानविन गर्न उपयुक्त हुने उहाँको प्रश्ताव थियो । आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सिंहले सहकारी ठगहरुको सम्पत्ति जफत गरेर भएपनि सरकारले पीडितहरुको रकम फिर्ता गर्नुपर्ने समेत बताउनु भयो । उहाँले सहकारी ठगीमा रवि लामिछाने देखिएपनि त्यसमा बढी जिम्मेवार काँग्रेस–एमाले भएको जिकिर समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, सहकारीबाट नेपाली जनताको करिव एक खर्ब भन्दा बढी पैसा अपचलन भएको छ । त्यो अपचलन कुनै रास्वपाले मात्रै गरेको छैन । यसको जन्म कति वर्ष पहिले भयो ? सहकारी हाम्रो कहिलेदेखि देखिन्छ ?  वास्तवमा यसको न्यायिक छानविन समिति गठन हुुनुपर्दथ्यो । संसदीय छानविन यसका लागि उपयुक्त होइन । किनकी ३० वर्षदेखि यो देशमा शासन नेपाली काँग्रेस र एमालेले गरेको छ । र सहकारीमा पनि काँग्रेस र एमाले नै हो ।

२०७० सालमा यही काँग्रेसको सहकारीको प्रतिनिधिको रुपमा सांसद समेत बनाइएको थियो । एमालेले इच्छाराज तामाङलाई बनाएको थियो । किनकी सहकारीको पैसा प्रयोग गरेको नै काँग्रेस र एमालेले हो । त्यो त उनीहरुले रविको मुख बन्द गराउनका लागि ऊ भर्खरको नयाँ सहकारीमा फसेको हो । सहकारीको न्यायिक छानविन गर्नुपर्छ । 

अनि सर्वोच्च अदालतको सिटिङ जजलाई ६, ७ महिनाको समय दिएर सहकारी रकम अपचलनको छानविन हुनुपर्छ । र जोजो दोषी छन, त्यसलाई कार्वाही गर्नुपर्छ । र उसको सम्पत्तिबाट पैसा असुल गरेर नेपाली जनताको डिपोजिट जुन छ, उसलाई दिनुपर्छ ।

सांसद सिंहले काँग्रेस–एमालेले बढी सहकारीको पैसा प्रयोग गरेको भन्दै यसको अपचलनमा पनि उनीहरुनै बढि जिम्मेवार देखिएको तर्क समेत गर्नुभयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार