नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डो-याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्छ : राष्ट्रपति

दक्ष खबर 16485+ समाचार ( )
१३ माघ २०८१, मङ्गलबार

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकांक्षा अनुसारको सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डो-याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्ने बताउनुभएको छ । मंगलवार महेन्द्रनारायण निधी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा डो-याउन सकेमात्र व्यववस्थाप्रति जनताको भरोसा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको विकास र प्रगतिको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । राजनीतिको केन्द्र जनतामा हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले राजनीतिक परिवर्तनको प्रतिफल गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको अधिकतम हित हुने गरी उनीहरुको घरदैलोमा पु-याउन सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट तर्जुमामा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘राजनीतिको केन्द्र सबैको जनता हुनुपर्छ । त्यसका लागि लोकतन्त्रको सुदृढिकरण, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्छ । राजनीतिक परिवर्तनको प्रतिफल गरिब, पिछिडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको अधिकतम हित हुनेगरी उनीहरुको घरदैलोमा पुर्याउन सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट तर्जुमामा विषेश ध्यान दिनुपर्छ । नेपालको आकांक्षाअनुसार सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डोर्याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्छ । यो बाटोमा मुलुकलाई डो¥याउन सकेमात्र व्यवस्थाप्रति जनताको भरोसा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेको विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।’

उहाँले महेन्द्र नारायण निधीजस्ता नेताहरूको लोकतन्त्रप्रतिकोे निरन्तर संघर्ष, त्याग र निष्ठाले नै आज हामी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको बताउनु भयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार