काठमाडौँ । विनायक सिद्ध कलेजले एन्फा इन्टर–कलेज फुटसल च्याम्पियनसिपको उपाधि हात पारेकाे छ । फाइनलमा ब्राईट भिजन कलेजलाई ८–३ गाेल अन्तरले हराउँदै विनायक सिद्ध कलेजले उपाधि हात पारेकाे हो ।
लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको फुटसल कोर्टमा सम्पन्न प्रतियाेगीतामा विनायक सिद्ध कलेजका लागि लाक्पा तामाङले ६ गोल गरे भने, आदिल हामिद र सुशन श्रेष्ठले थप एक–एक गोल गरेका थिए । पराजित ब्राईट भिजनका लागि निशान रावलले ह्याट्रिक पूरा गरेका थिए ।
विजेता विनायक सिद्ध कलेजले नगद ५ लाख हात रूपैयाँ हात पारेकाे थियाे भने, उपविजेता ब्राईट भिजनले ३ लाख रूपैयाँ हात पारेकाे छ ।
विधागततर्फ विनायक सिद्ध कलेजका अभिषेक तामाङ उत्कृष्ट गोलरक्षक रहेका थिए । त्यस्तै, ब्राईट भिजनका प्रसिद्ध मगरले सर्वाधिक गोलकर्ताको पुरस्कार जितेका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीका रूपमा विनायक सिद्ध कलेजका लाक्पा लामा बनेका थिए ।
पढाइ सँगसँगै विनायक सिद्ध कलेज खेलकुदका क्षेत्रमा पनि अब्बल रहदैँ आएकाे छ ।