कामपा ८ मा रहेको रामघाट प्राथमिक स्वास्थ्य केन्द्र उत्कृष्ट

दक्ष खबर 16514+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ मा रहेको रामघाट प्राथमिक स्वास्थ्य केन्द्र वार्षिक कार्य मुल्यांकनका आधारमा प्रथम भएको छ । 

काठमाडौँ महानगरपालिका भित्र रहेका ३५ वटा स्वास्थ्य संस्थाहरू मध्ये २०८०/८१ को वार्षिक समीक्षाका आधारमा रामघाट प्राथमिक स्वास्थ्य केन्द्र प्रथम भएको हो । 

गत भदौँ १३ र १४ गते भएको एकिकृत जनस्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा रामघाट  प्राथमिक स्वास्थ्य स्वास्थ्य केन्द्र भएको निमित्त कार्यालय प्रमुख रञ्जना शाहले बताउनुभयो । 


उहाँले, "काठमाडौँ महानगरपालिकाका उप-प्रमुख सुनिता डंगोलले कदर पत्र सहित प्रोत्साहनका लागि दश हजार रूपैयाँ प्रदान गर्नुभएको बताउनुभयो ।"

यो कार्यक्रम काठमाडौँ महानगरपालिकाले हालैको बर्षबाट शुरूवात गरेको भएपनि प्रदेश सरकारहरूले यस्तो कार्यक्रमहरू विगतका वर्षहरूदेखी नै सञ्चालन गर्दै आईरहेको उहाँले बताउनुभयो । 

रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा हाल स्वास्थ्य बिमा समेत लागु भएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार