प्रधानमन्त्रीद्वारा सौर्य एयरलाइन्स दुर्घटनामा परी घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्थाबारे जानकारी

दक्ष खबर 15672+ समाचार ( )
९ श्रावण २०८१, बुधवार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज साँझ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज पुगेर घाइते क्याप्टेनको स्वास्थ्यावस्थाबारेमा बारेमा जानकारी लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले उहाँको उपचारमा संलग्न चिकित्सक र परिवारजनसँग समेत कुराकानी गर्नुभएको थियो ।
सौर्य एयरलाइन्स आज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते हुनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार