रास्वपाको महामन्त्रीमा भूपदेव शाह 

दक्ष खबर 16475+ समाचार ( )
६ वैशाख २०८३, सोमबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्रीमा भूपदेव शाह मनोनित हुनुभएको छ । पार्टी कार्यालय बनस्थलीमा सोमबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य शाहलाई महामन्त्रीमा मनोनित गर्ने निर्णय गरेको हो , त्यस्तै बैठकले पार्टीको सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई मनोनित गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । बैठकले

पार्टीको केन्द्रीय सल्लाहकार परिषद्मा जीवनप्रभा लामा, मोतीप्रसाद पङ्गाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मालाई नियुक्त गरेको छ । त्यस्तै सङ्घीय नेतृत्व मञ्चमा तुलसीप्रसाद चौधरी, रामसिंह थारु, जीवन धामी, प्रेमा चौधरी, नवराज राणा र एकराज चौधरीलाई मनोनित गरेको उहाले बताउनुभयो ।

त्यसैगरि बैठकले विद्यमान लेबीको व्यवस्था परिमार्जन गर्दै सांसदको १५ हजार रुपैयाँ, मन्त्रीको १८ हजार रुपैयाँ र स्वकीयको दुई हजार रुपैयाँ कायम गर्ने निर्णय गरेको समेत प्रवक्ता झाले जानकारी दिनुभयो । उहाले गृहमन्त्रीप्रति उठेका बिषयमा सोमबारको बैठकमा कुनै छलफल नभएको बताउनुभयो ।

त्यस्तै, केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधन, स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान लगाएतका एजेण्डामा छलफल भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार