कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ४ परीक्षार्थीको परीक्षाफल रद्द

दक्ष खबर 16456+ समाचार ( )
२५ कार्तिक २०८२, सोमबार

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

असोज ७ र ८ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो ।

पूरकतर्फको मौका परीक्षाको नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

परीक्षामा सहभागी  १ लाख ४ हजार २६ विद्यार्थीमध्ये ७६ हजार ३६७ जना  ७३.४१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ । ४ परीक्षार्थीको परीक्षाफल भने रद्द गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार