काठमाडाैँ । नेपालीहरुको महान् चाड बडादसैँ नजिकिएसँगै बजारमा चंगाको व्यापार सुरु भएको छ । दसैँसँग चंगाको सम्बन्ध गहिरो हुन्छ ।
आकाशमा रंगीबिरंगी चंगाहरु उड्न थालेपछि दसैँ नजिकिएको महसुस गर्न सकिन्छ र यही कारणले पनि यस बर्ष तुलनात्मक रुपमा नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ ।