काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति धर्मशालामा मारवाडी सेवा समितिलाई मोहियानी हक पाउने कुनै प्रमाण नभएको दाबी गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै समितिलाई मोहियानी हक पाउने कुनै आधार र प्रमाण नभएको स्पष्ट पारेको हो ।
मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशालामा मोहियानी हकका लागि दावी गरेपछि कोषले नौं रोपनी भन्दा बढी जग्गामा सेवा समितिले भोगचलन गर्नका लागि गिद्दे नजर लगाएको आरोप लगाएको छ ।
काठमाडौँ जिल्ला अदालतले केही दिनअघि मात्रै कोष र समितिबीचको गौशाला धर्मशाला सञ्चानसम्बन्धी सम्झौता खारेजी सदर गरिसकेको छ ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०८० साल साउन १७ गते मारवाडी सेवा समितिसँग भएको सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको रिटमा अदालतले दावी नपुग्ने फैसला गरेको थियो ।
मारवाडीसँग भएको सम्झौता रद्ध भएपछि काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच गौशाला धर्मशाला सञ्चालन गर्नेबारे सम्झौता भएको छ ।