एलरोज एजुकेसनको आयोजनामा जेनियल मोर्डन एकेडेमीमा अवाकस प्रतियोगिता सम्पन्न

दक्ष खबर 17388+ समाचार ( )
१० पौष २०८१, बिहीबार

काठमाडौँ । एलरोज एजुकेसनको आयोजनामा जेनियल मोर्डन एकेडेमीमा अवाकस प्रतियोगिता सम्पन्न भएको छ ।आज आयोजित एक समारोहबीच तारकेश्वर नगरपालिका वडा - ५ मा रहेको जेनियल मोडल एकेडेमीका कक्षा  तीन, चार र पाँच कक्षामा अध्यायनरत विद्यार्थीहरू बिच अवाकस प्रतियोगिता सम्पन्न भएको हो । 

"एलरोज एजुकेसनले जेनियल  मोर्डन एकेडेमीमा अवाकस प्रतियोगिता सम्पन्न गरेको र यस प्रतियोगितामा कक्षा चारमा अध्यायनरत विद्यार्थीहरू क्रमश: सौगात गुरूङ प्रथम, सुदीरा घले द्वितीय र डिरोज तामाङ्ग तृतीय हुनुभएको", एलरोज एजुकेसनकी निर्देशक लिरा पोख्रेलले बताउनुभयो । 


उहाँले, "आगामी माघ २६ गते दोस्रो राष्ट्रिय अवाकस प्रतियोगिता आयोजना गर्न लागिएको र त्यसमा हाल भईरहेको प्रतियोगिताका विजेता प्रतियोगी सहित अन्य विद्यार्थीहरूले पनि सहभागीता जनाउने बताउनुभयो ।"

त्यस्तै, जेनियल मोर्डन एकेडेमीका प्रमुख कार्यकारी अधिकृत विराज राईले, "विद्यार्थीहरूमा अवकास प्रतियोगिताले गणितीय क्षमता अभिवृद्धि गर्नुका साथै, आफु भित्रको क्षमतालाई प्रस्तुत गर्ने अवसर पाएको बताउनुभयो ।"

उहाँले, "विशेषगरी हालको समयमा मोबाइल फोन र ग्याजेटको प्रयोगमा बढि आकर्षित हुने विद्यार्थीहरूका विकल्पका रूपमा यसले काा गर्ने बताउनुभयो ।" 

त्यस्तै, सोही एकेडेमीका अध्यक्ष महेश पौडेलले, "विद्यार्थीहरू भित्र रहेको प्रतिभा प्रस्फुटनमा यसले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।" 

उहाँले, "विज्ञान गणित जस्ता विषयहरूलाई विद्यार्थीहरूले आउगुजीका रूपमा लिइरहेको परिपेक्षमा अवाकसको प्रयोगले उनिहरूमा क्षमता वृद्धि हुने बताउनुभयो । 

कार्यक्रममा करिब दुईसय बढि विद्यार्थीहरूको सहभागीता रहेको थियो । एलरोज एजुकेसनले यस अघि बेलपुष्प शिक्षालय लगायत विभिन्न विद्यालयहरूमा अवाकस प्रतियोगिता सम्पन्न गरिसकेको छ । 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार