साथै उहाँहरूबीच आपसी सहयोगका परियोजनाबारे पनि छलफल भएको थियो । परराष्ट्रमन्त्रीले नेपालको विकास प्रयासमा चीनबाट प्राप्त सहयोगका निम्ति आभार व्यक्त गर्दै भविष्यमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
उपविदेशमन्त्री सुन नेपाल–चीन परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने सिलसिलमा गत सोमबारदेखि नेपालको तीनदिने औपचारिक भ्रमणमा हुनुहुन्थ्यो ।
उहाँ आजै स्वदेश फर्कनु भयो । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकाल तथा नेपालका लागि चिनियाँ राजदूत छन सङले बिदाइ गर्नुभयो ।