नेपाल–भारत खुला सिमा : अवसर कि ‘‘हामीमाथि हमला’?

दक्ष खबर 15672+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

काठमाडौँ । नेपाल र भारतबीचको खुला सिमाना पुन: विवादित भएकाे छ । भारत–पाकिस्तानबीचको तनावका कारण, बारम्बारको युद्ध र सीमामा भइरहेको कडाइले गर्दा यस्ताे अवस्था आएकाे हाे ।

नेपाली जनताले प्रश्न गर्न थालेका छन्, “किन नेपाल–भारत बोर्डर खुला राखिएको छ? के हामी आफैँ जोखिममा छौँ?” पाकिस्तानसँग युद्धमा भारतले सीमा बन्द गर्छ, तर नेपालसँग किन खुला? यतिबेला याे विषय चर्चामा रहेकाे छ ।

भारतले पाकिस्तानसँग सन् १९४७, १९६५, १९७१ र १९९९ मा भएका युद्धहरूका कारण सीमामा कडा नियन्त्रण लागू गरेको छ । हालै पनि भारत–पाकिस्तान सिमाना कडा सुरक्षा घेरामा रहेकाे छ । हरेक व्यक्तिको चेकजाँच, सेनाको गस्ती, तालिम प्राप्त कुकुरहरू सहित हाल सिमानामा कढाइ गिरएकाे छ ।  खुला बोर्डर, अनियन्त्रित आवतजावत, न कुनै कागजातको माग, न सुरक्षा सुनिश्चितता नेपालीहरूलाइ भारतीय पक्षले गर्ने ब्यवहारमा परिवर्तन नआउनु दुखद कुरा हाे ।

हाम्रो देश खुल्ला बोर्डरको नाममा खुला खतरा बन्ने त हो ? यतिबेला चर्चाकाे कुरा बनेकाे छ । भारतको आन्तरिक सुरक्षाका लागि सिमा बन्द छ, तर नेपालतिर खुला राख्नु के यो नेपाललाई पछाडि पार्ने नीति होइन? खुला सिमाना हुँदै भारतीय उपभोक्ता सामान, कालोबजारी, अपराधी, र शंका लाग्दा गतिविधिहरू नेपाल प्रवेश गर्ने क्रम बढ्दो रहेकाे छ। यसमा  सम्बन्धित निकायकाे चासाे कहिले जाने ?

यदि भारत पाकिस्तानसँग युद्ध गरेर सिमा बन्द गर्छ भने, नेपाली सँग किन खुला बोर्डर राखिन्छ? के नेपाललाई सस्तो सवारी, सस्तो श्रमिक र खुला बजारको रूपमा मात्रै हेरिएको हो? याे विषयमा नेपाल  सरकारकाे ध्यान जान आवश्यक देखिन्छ । 

सामाजिक सञ्जालमा अहिले #बाेडरक्रकन्ट्राेलनाउ #सुरक्षितनेपाल जस्ता ह्यासट्याग ट्रेन्ड भइरहेका छन्। "हामी भारतकाे मित्र हौँ कि कमजोर छिमेकी? हाम्रो सुरक्षा कहिले सुनिश्चित हुन्छ?"

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार