काठमाडौँ । काठमाडौँको चावहिलमा रहेको विनायक सिद्ध कलेज बेस्ट प्लस २ कलेज अफ द इयर अवार्डबाट सम्मानित भएको छ ।

राजधानीमा आयोजित छैटौँ अन्तराष्ट्रिय एक्सिलेन्स अवार्ड कार्यक्रममा विनायक सिद्ध कलेजका क्याम्पस प्रमुख रामकृष्ण सिंखडालाई प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले उक्त अवार्डबाट सम्मानित गर्नुभएको हो ।
उक्त कार्यक्रमको समुद्घाटन प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर तथा भारतीय अभिनेत्री जया प्रदाले गर्नुभएको थियो । लेडिभाइनद्वारा आयोजित कार्यक्रममा विनायक सिद्ध कलेज चावहिल क्षेत्रको उत्कृष्ट प्लस २ कलेजका रूपमा सम्मानित भएको हो ।
विनायक सिद्ध कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिज्ञा गर्दै शैक्षिक यात्राको थालनी गरेकाले र आफ्नो यात्रामा अनवरत रूपमा अगाडि बढिरहेकाले कलेज अवार्डबाट सम्मानित भएको बेस्ट प्लस २ कलेज अफ द इयर अवार्डबाट सम्मानित भएको क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले बताउनुभयो ।
उहाँले, कलेजले विद्यार्थीहरूको क्षमता अभिवृद्धि एवं गुणस्तरीय नतिजा सार्वजनिक गर्दै अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता साल्ट ट्रेडिङ गर्नुभएको थियो भने, कार्यक्रममा बलिउड अभिनेत्री जया प्रदाको सहभागीता रहेको थियो । विनायक सिद्ध कलेज कक्षा १ देखि स्नातक तह सम्म विभिन्न गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको विद्यालय हो ।