काठमाडौँ । पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य वृद्धि गरेको हाे ।
इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि मूल्य वृद्धि भएको विज्ञप्तिमार्फत जनाइएको छ ।
यससँगै, पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको छ ।
बढेको मूल्य आज रातिदेखि लागू हुने निगमले जानकारी दिएको छ ।