काठमाडौँमा अन्तरवडा फुटसल प्रतियोगिता सुरु : पहिलो दिन वडा २३ र २४ को जित

दक्ष खबर 16507+ समाचार ( )
खेल जीवनको अनुशासन अन्य क्षेत्रका लागि सिकाइ हो : उपप्रमुख सुनिता डंगोल
२३ कार्तिक २०८२, शनिबार

काठमाडौँ । आजदेखि तेस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ को आयोजना गरेको प्रतियोगिता, लैनचौर फुटसल मैदानमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई बल दिएर खेल उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा उहाँले, खेलमा जस्तै स्वच्छ प्रतिस्पर्धाबाट सन्तुलित र सद्भावयुक्त समाज निर्माण हुने भएकोले खेलको अनुशासन अन्यत्र पनि सिकाइ रहेको उल्लेख गर्नुभयो । 

प्रतियोगिता कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो दिन आयोजक टीम र वडा नं २४ ले जित हासिल गरे ।

आजको खेलमा वडा २३ ले महानगरपालिकाको केन्द्रलाई ६–२ ले पराजित ग-यो । सो खेलमा विजयी टिमका लागि विशाल श्रेष्ठले ह्याट्रिकसहित चार गोल गर्नुभयो । वडा २३ का तर्फबाट भएका अन्य दुई गोल राजीव चित्रकार र एलेक्स श्रेष्ठको नाममा रह्यो । काठमाडौँ महानगरपालिकाका नवीन भण्डारी र अनुप मगरले गरेको गोल सान्त्वना मात्र बने । सो खेलमा चार गोल गर्ने विशाल म्यान अफ दि म्याच घोषित हुनुभयो । 

दोस्रो खेलमा वडा नं २४ ले वडा नं ७ लाई ३–१ ले हरायो । वडा २४ का लागि समन श्रेष्ठ, सुभम तुलाधर र सन्देश महर्जनले गोल गर्नुभएको थियो । सन्देश म्यान अफ दि म्याच चुनिनुभयो । वडा १७ का सुगम महर्जनले एक गोल फर्काउनुभएको थियो । 

नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित २ लाख रुपियाँ प्रदान गरिने वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनले जानकारी दिनुभयो । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ ।

यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दश हजार रुपियाँले पुरस्कृत गरिनेछ । पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए ।

भोलि ४ खेल हुनेछन् । पहिलो खेलमा वडा १४ ले वडा २२ सँग, दोस्रो खेलमा वडा १२ ले वडा २० सँग, तेस्रो खेलमा वडा ६ ले वडा ९ सँग र अन्तिम खेलमा वडा ४ ले वडा १८ सँग प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेल बिहान ८ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार