संविधानले मलाई सक्रिय राजनीतिमा आउन रोकेको छैन् : विद्यादेवी भण्डारी

दक्ष खबर 16450+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताउनुभएकाे छ । 

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले संविधानका विभिन्न धाराले कहींकतै दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नभनेको भन्दै पार्टीको सदस्यताबाट बन्चित गर्नुपर्ने कुनै कारण नभएको बताउनुभएकाे हाे  । 

उहाँले,‘संविधानका विभिन्न धारा मर्म र भावना कहिँकतै पनि म दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन् । यो छर्लङग भएको विषय हो । त्यसैले मलाई पार्टीको सदस्यताबाट बञ्चीत गर्नुपर्ने कुनै कुरा छैन् ।’ 

यस्तै, उहाँले राजनीति व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आवद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्यको विषय नभएको पनि बताउनुभयाे ।

उहाँले,‘वास्तवमा मेरो पार्टी सदस्यता नविकरण भइसकेकाले यसलाई विवादमा पर्नुपर्ने विषय नै होइन् । म एक राजनीति व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आवद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्य मान्नुपर्ने विषय होइन् । यो कुनै पदमा महत्कांक्षी र आशा ममा छैन् । किनकी मैले आफ्‌नो नाम इतिहासमा लेखिसकेको छु । मेरो उद्देश्य पार्टीका सदस्य बन्ने र पार्टीलाई सवल र सुदृढ बनाउने र देश र जनताको सेवा गर्ने हो ।’ 

मूलुकको एक जिम्मेवार नागरिक भएको नाताले आफ्‌नाबारे उठेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु दायित्व भएको उहाँले बताउनुभयाे । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार