नवआगन्तुक विद्यार्थीहरूलाई सेन्ट लरेन्स कलेजले अभिमुखिकरण गर्दै

दक्ष खबर 16457+ समाचार ( )
१९ श्रावण २०८०, शुक्रबार

काठमाडौँ । काठमाडौँको चावहिलमा रहेको सेन्ट लरेन्स कलेजले नवआगन्तुक विद्यार्थीहरूलाई अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । 

कलेजले शैक्षिकसत्र २०८०\८१ मा आफ्नो कक्षा ११\१२ तर्फको शिक्षा हासिल गर्न सेन्ट लरेन्स कलेज गन्तव्य बनाएका नवआगन्तुक विद्यार्थीहरूलाई अभिमुखिकरण गर्न लागेको हो ।

कार्यक्रममा विद्यार्थीहरूले कलेजमा पालना गर्नुपर्ने नीति नियम सहित विषयवस्तुको विस्तृत जानकारी तथा कलेजभित्र हुने शैक्षिक तथा सीपमुलक गतिविधिहरूको बारेमा विवरण प्रस्तुत समेत गरिने क्याम्पस प्रमुख पुरूषोत्तम महर्जनले बताउनुभयो ।  

उहाँ, विभिन्न अवार्डहरूबाट सम्माानित कलेजले आगामी श्रावण २१ गते आइतबार राष्ट्रिय नाच घरमा जमलमा कार्यक्रम गर्न लागिएको क्याम्पस प्रमुख महर्जनले बताउनुभयो । 

उहाँले विषयगत शिक्षक तथा विभिन्न व्यक्तिहरूको कार्यक्रममा प्रस्तुति रहनुका साथै, विभिन्न कलाकारहरूको तथा विद्यार्थीहरूको प्रस्तुति रहने जानकारी दिनुभयो । 

प्रदेशस्तरमा समेत उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित तथा सम्मानित कलेजले कक्षा ११\१२ तर्फ शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र कानुन विषय अध्यायन अध्यापन गराउँदै आइरहेको छ ।




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार