प्रिक्वाटर फाइनल चरणका खेलहरूमा वडा नं. १२, १६, ६ र २१ विजयी

दक्ष खबर 16456+ समाचार ( )
७ अशोज २०८१, सोमबार

काठमाडौँ । दोस्रो ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ अन्तरगत आज प्रिक्वाटर फाइनल चरणका चारवटा खेलहरू सम्पन्न भएको छ । 

काठमाडौँ महानगरपालिका वडा नं. २३ को आयोजनामा जारी दोस्रो ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ को  सातौँ  दिन आज विभिन्न वडाहरूबिचका चारवटा खेलहरू सम्पन्न भएकाे हो ।  

प्रिक्वाटर फाइनल चरणको पहिलो खेलमा वडा नं. १२ र वडा नं. २६ को खेलमा ७-६ गोल अन्तरले वडा नं. १२ विजयी भएको छ । त्यस्तै, आजको खेलमा रवि कारञ्जित पोडे म्यान अफ द म्याच घोषित भएका छन् । 

त्यस्तै, आजै भएको दोस्रो वडा नं. ९ र  वडा नं. ६ बिचको खेलमा वडा नं.६ ०-२ गोल अन्तरले विजयी भएको छ । सोही खेलमा वडा ६ का खेलाडी राकेश लामा म्यान अफ द म्याच घोषित भएका हुन् । 

त्यस्तै, आजै भएको चोथौ खेलमा वडा नं. २१ र वडा नं ८ बिचको खेेलमा वडा नं.२१ १-० गोल अन्तरले विजयी भएको छ ।  खेलमा म्यान अफ द म्याच साजन शाही घोषित हुनुभएको थियय घोषित भएको छ । 

त्यस्तै, आजै भएको चौथो खेलमा वडा नं. १२ र वडा नं. ०५  सँग भएको खेलमा २-० गोल अन्तरले वडा नं. १२ विजयी भएको छ । खेलमा म्यान अफ द म्याच साजन डंगोल घोषित भएका थिए । 

खेलका विजेताहरू क्वाटरफाइनल चरणमा प्रवेश गर्नेछन् । खेलका विजेता टीमले २ लाख रुपैयाँ, उपविजेता टीमले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् भने, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र गोलरक्षक १/१ जनालाई १० हजार रुपैयाँसहितको पुरस्कृत गरिनेछ  । 

खुला उमेर समूहका पुरुष खेलाडी बिच खेल हुनेछ । नकआउटका आधारमा हुने खेल हरेक दिन बिहान ८ बजेदेखि १२ बजेसम्म भईरहेको हुनेछ । खेल असोज ९ गतेसम्म सञ्चालन हुनेछ ।   

प्रतियोगितामा ३२० युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र ५ सय युवा कार्यक्रमका लागि परिचालित हुने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार