काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन कैलाशकुट बहुमुखी क्याम्पस मित्रपार्क काठमाडौँ (स्ववियु) को आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार आयोजित प्रतियोगितामा (समुह डी) भानुभक्त उपाध्याय, मधुसूदन ढकाल तथा सुजन तिमल्सिना प्रथम भएका छन ।
छ वटा टीम सहभागी रहेको प्रतियोगितामा स्नातक तहका (समुह डी) प्रथम, १२ कक्षा का (समुह ई) कृष्ण बडुवाल, अंकित मगर तथा सृष्टि दुलाल द्वितिय भएका छन । भने, बिबिएसका (समुह एफ) राज गिरि, संगिता योगि, कृष्ण अधिकारीको समुहले तृतिय स्थान हात पारेका छन ।
उक्त कार्यक्रममा बोल्दै स्ववियु सभापति मुरारी गौतमले विद्यार्थीको क्षमता अभिवृद्धिका साथै प्रस्फुटन होस भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । साथै आगामी दिनमा समेत विद्यार्थीहरुका निम्ती विशेष योजनाका साथ अघि बढीरहेको बताउनुभयो ।
कार्यक्रममा स्ववियु पदाधिकारी, कैलाशकुट बहुमुखी क्याम्पस कि क्याम्पस प्रमुख डा. शोभा ढुंगाना, क्याम्पस सञ्चालक समिति सदस्य ने वी संघ केन्द्रीय सदस्य तथा कैलाशकुट बहुमुखी क्याम्पस ने वी संघ इकाई पूर्व सभापति सुरज दाहाल लगायत, प्राध्यापक, कर्मचारी एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।