काठमाडौँ । रवि लामिछानेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुरका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रबि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।
रविलाई सुप्रीम सहकारी ठगी मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो ।
उच्च अदालतले उक्त आदेश बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो । उच्च अदालतको सम्मानगर्न लायक आदेश भएको छ ।