“अहिले मन्त्री बन्ने रहर छैन, तर २०८४ पछि देश नेतृत्व गर्ने चाहना छ” : डा. चन्द्र भण्डारी

दक्ष खबर 16457+ समाचार ( )
१९ श्रावण २०८२, आइतबार

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. चन्द्र भण्डारीले अहिले मन्त्री बन्ने रहर नभएकाे बताउनुभएकाे छ ।  

युथ भिजन नेटवर्कको आयोजनामा कुपन्डोलस्थित वेस्टमिनिस्टर कलेजमा सम्पन्न “विद्यार्थीसँग जनप्रतिनिधि : विचार विमर्श” कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी भण्डारीले  २०८४ सालपछि देश नेतृत्व गर्ने चाहना रहेकाे बताउनुभएकाे हाे । 


विद्यार्थीहरूसँग देशको राजनीति, वर्तमान अवस्था, युवाको भूमिका र आफ्नो दृष्टिकोणबारे आफ्नाे विचार प्रस्तुत गर्दै उहाँले, “अहिले मन्त्री बन्ने रहर छैन, तर २०८४ सालपछि देश नेतृत्व गर्ने चाहना भने छ।”

उहाँले राजनीतिमा पद वा हैसियतभन्दा पनि दीर्घकालीन राष्ट्र निर्माण र प्रणालीगत परिवर्तनलाई प्राथमिकता दिएको प्रस्ट पार्नुभयो ।

साथै, देशको वर्तमान अवस्था जटिल र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले युवाहरूलाई सक्रिय, जिम्मेवार र सचेत राजनीतिक भूमिका लिन आह्वान गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार