
कांग्रेस रुपान्तरित नभई नहुने भएकाले अब नेतृत्व र कार्यकर्ता सबै रुपान्तरित हुनु पर्छ : जगदश्विर नरसिंह केसी

७ जेठ २०८०, आइतबार
काठमाडौँ । नेपाली कांग्रेसका नेता जगदश्विर नरसिंह केसीले कांग्रेस पार्टी रुपान्तरित नभई नहुने भएकाले अब नेतृत्व र कार्यकर्ता सबै रुपान्तरित हुनु पर्ने अवस्था आएको बताउनुभएको छ ।
अनुपम फुडल्याण्ड वत्तिसपुतलीमा आज काँग्रेस रुपान्तरण अभियानमा वाग्मती प्रदेशको तयारी बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले, "आगामी जेठ १६ गते हुने अन्तरक्रिया कार्यक्रममा कांग्रेसलाई कसरी रुपान्तरण गर्ने बारे विस्तृत छलफल गरिने बताउनुभयो ।" मतदाताले हामीलाई सुक्ष्म रुपमा हेरिरहेको हुनाने अब यहिँ स्थीतीमा २०८४ सालमा चुनावमा जान नसकिने हुनाले अब हामीले नेपाली काँग्रेस पार्टी रुपान्तरित नभई नहुने भएकाले अब नेतृत्व र कार्यकर्ता सबै रुपान्तरित हुनु पर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
अबको कांग्रेसको १५औँ महाधिवेशन र २०८४ सालको चुनावलाई ध्यानमा राखी रुपान्तरण र शुद्धिकरण अभियान शुरु गरेको र यो कार्यक्रम गुटको नभई सम्पूर्ण नेपाली कांग्रेसको साझा कार्यक्रम हुने उहाँले बताउनुभयो । अबको एक दुई दिनमा अन्तरक्रिया कार्यक्रमको स्थान तोकिने समेत उहाँले बताउनुभयो ।"
सो कार्यक्रममा अजय वाबु सिवाकोटी, रमेश धमला, विकास लामा, जीवन डंगोल, विनोद कायस्थ, मधु आचार्य, ऋिषि राम घिमिरे, राजु श्रेष्ठ, तरुण दल नेता निरञ्जन थापा, विद्यार्थी नेता लगायतको उपस्थिति रहेको थियो ।
