भारतको उडिसामा भएको नाटक महोत्सवमा दर्शना स्कुलको सहभागीता

दक्ष खबर 2421+ समाचार ( )
२७ भाद्र २०८०, बुधवार

काठमाडौँ । सुरेन्द्र क्षेत्रीको निर्देशनमा भारतको उडिसामा भइरहेको नाटक महोत्सवमा दर्शन स्कुलका  विद्यार्थीहरुले नाटक 'बिसे नगर्ची' मञ्चन गरेका छन ।

राजा पृथ्वीनारायण शाहले नुवाकोट आक्रमणमा भोगेको लज्जास्पद हार र अब के गर्ने?  के कारण ले हारियो ? अब के गर्दा ठिक होला आदि जस्तf कुरा नाटकमा देखाइएको छ  ।

आफ्नो देशको इतिहास अरुलाई देखाउन पाउँदा गर्व महशुस भएको निर्देशक सुरेन्द्र क्षेत्री बताउनुभयाे । महोत्सवमा यो नाटकलाई सबैले मन पराएका थिए । विद्यार्थीहरुको अभिनयको सबैले तरिफ गरेका थिए ।

यस नाटकको लेखन भिमनिधी तिवारीले गर्नुभएकाे हाे भने, निर्देशक सुरेन्द्र क्षेत्री हुन । यस नाटकमा पृथ्वीनारायण शाहको भुमिकामा बिश्वास उलक ज्यवलाले अभिनय गरेका थिए भने, बिसे नगर्चीको भुमिकामा निकेश पौडेलले अभिनय गरेको थिए । नाटकमा आभास दाहाल, सगर पौडेल, सुदिप माझी, प्रकाश कार्की, आरुशी श्रेष्ठ, रोशनी खड्का, सम्पदा सिह रिमाल, रिद्धी पौडेलले अभिनय गरेका थिए ।

दर्शन स्कुलले आफ्नो विद्यार्थीलाई किताबको किरा मात्रै न बनाउने र विद्यार्थीहरुको सीप र क्षमतालाई उचित मुल्यांकन गरेर यस्तो महोत्सवहरुमा हरेक वर्ष सहभागी गराउदैँ आएकाे प्रधानाध्यापनक बिनोद थापा मगरले बताउनुभयाे । 

दर्शन स्कुल ले हरेक बर्ष आफ्नो विद्यार्थीहरुलाई  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवहरुमा सहभागी गराउँदै आइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार