गोकर्णेश्वर नगरपालिका र जिल्ला प्रशासन कार्यलय काठमाडाैँकाे आयोजनामा सेवा प्रवाह सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

दक्ष खबर 12263+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

काठमाडाैँ । गोकर्णेश्वर नगरपालिका र जिल्ला प्रशासन कार्यलय काठमाडाैँ संयुक्त आयोजनामा सुरक्षा समन्वय, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले शान्ती सुरक्षा तथा अपराध नियन्त्रण,सेवा प्रवाह तथा शुसासन, बिपद जोखिम न्यूनीकरण, तथा ब्यबस्थापन, विकास निर्माणमा सहजीकरण, बजार अनुगमन तथा आपूर्ति ब्यबस्थापन, गैर सरकारी संस्थाहरुको ब्यवस्थापन सम्बन्धी, अन्तर निकायहरु सँग समन्वय, अनुगमन तथा मुल्यांकन सुधार र आगामी दिनको कार्यदिशा, स्थानिय तह सँग आपसी सहयोग समन्वय सहकार्य बारेमा  संवेदनशिल बिषय बस्तु, सुझाव युक्त, महत्वपूर्ण र रचनात्मक विषय वस्तुलाई बुँदागत रुपमा सबैले बुझ्ने गरी सहज र सरल भाषामा  प्रशिक्षण प्रदान गर्नुभएको थियो । 

प्रशिक्षणमा विभिन्न व्यक्तिहरुका ट्राफिक सम्बन्धी, नेपाल प्रहरी र सुरक्षा सम्बन्धी,कानुनी प्रकृया नागरिकता लगायत विविध विषयमा प्रश्न तथा जिज्ञासाहरू आएकाे थियाे । प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट, प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्रीले कानुनी प्रक्रिया लगायत विभिन्नले स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख दिपक कुमार रिसालले,'प्रशिक्षणको आयोजना गरि सिक्ने र जान्ने मौका प्रदान गर्नु भएकोमा सम्पुर्ण निकायका प्रमुख लगायत प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत प्रति आभार व्यक्त गर्नुभयाे ।

कार्यक्रमको अन्त्यमा सभापती तथा प्रमुख जिल्ला अधिकारी बस्नेतले नेपालको संघिय प्रणाली अन्तर्गतको कानुनी प्रक्रिया, क्षेत्राधिकार, सहजीकरण नागरिकताका प्रकारहरू, बायोमेट्रिक, जैविक, डिजिटल प्रणाली लगायत विभिन्न विषयलाई उदाहरण सहित प्रस्तुत गर्नुभएकाे  थियाे । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा प्रमुख अतिथी गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसाल, विशेष अतिथिहरू उप प्रमुख सान्नानी लामा, ट्राफिक महाशाखा काठमाडाैँ प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट, प्रहरी बरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, इलाका प्रशासन कार्यलय साखु प्रमुख सीता परियार लगायत वरिष्ठ  प्रहरी अफिसरहरू, बिभिन्न सुरक्षा निकायका प्रमुखहरु, विभिन्न वडा अध्यक्षहरु, वडा सदस्यहरू, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुख कर्मचारीहरु, वडा सचिवहरु, सुरक्षा निकायका विभिन्न सुरक्षाकर्मीहरु, बुद्धि जिबी हरुको उल्लेखनीय उपस्थिति रहेको थियो। गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीद्वारा सहजीकरण गरिएको कार्यक्रममा स्वागत मन्तव्यद्वारा नगर उप प्रमुख  सान्नानी लामाले सम्पुर्णलाई स्वागत गर्नुभएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार