तत्काल काठमाडौँ महानगरपालिको कार्यपालिका बैठक बोलाउन कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरूको माग

दक्ष खबर 16507+ समाचार ( )
९ फाल्गुन २०८१, आइतबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कार्वाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्ष सहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका छन् । 

आज काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई काठमाडौं महानगरपालिकाका १८ जना वडाअध्यक्ष सहित नेपाली कांग्रेसबाट कार्यपालिका सदस्य भएका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कार्वाही प्रक्रियाको माग गर्दै वडा - १७ का वडाअध्यक्ष  एवं प्रवक्ता नविन मानन्धरले ज्ञापन पत्र बुझाएका हुन् । 

"आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कार्वाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरूले माग गरेकाे" काठमाडौँ महानगरपालिका वडा - ८ का वडाअध्यक्ष आशामान संगतले बताउनुभयो । 

उहाँले, कामपा वडा नम्बर १२ का वडाअध्यक्षको अध्यक्षतामा कार्यपालिका बैठक तत्काल बोलाउन माग गरेकाे र तत्कालै प्रशासकीय अधिकृतलाई गरिएको कार्वाही प्रक्रियाको माग सार्वजनिक गर्न हस्ताक्षर सहित पठाइएको बताउनुभयो ।" 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार