कामपा ८ द्वारा विभिन्न शैक्षिक संस्थाका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

दक्ष खबर 16457+ समाचार ( )
१२ आषाढ २०८१, बुधवार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ ले शैक्षिक उन्नयनलका लागि विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । 

कामपा ८ ले विभिन्न शैक्षिक संस्थाहरूमा रहेका करिब  एक सय पचास  हाराहारी विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको हो । 

"वडाले शैक्षिक क्षेत्रको उन्नयन तथा विद्यार्थीहरू प्रतिको कर्तव्य र दायित्व बोध गर्दै विभिन्न शैक्षिक सामग्रीहरू हस्तान्तरण गरिएको", कामपा ८ का वडा अध्यक्ष आशामान संगतले बताउनुभयो । 

उहाँले, विभिन्न ठाउँबाट आएर यस वडामा अध्यायनरत विद्यार्थीहरूलाई पहिलो चरणमा शैक्षिक सामाग्री वितरण गरिएको र दोस्रो चरणमा विद्यालयको पोशाक एवं आइडी कार्ड वितरण गर्ने तयारी रहेको बताउनुभयो । 


त्यस्तै, कामपा ८ का वडा सदस्य सलोनी ओडारीले, कामपा ८ भित्रको शारदा आधारभूत विद्यालय तिलगंगा, केटाकेटी इङ्लिस स्कुल तिलगंगा तथा प्रणवानन्द आश्रम गैरिघाटमा अध्ययनरत विद्यार्थीहरूलाई वडाले उनिहरूको आवश्यकता महशुस गर्दै शैक्षिक सामग्री हस्तान्तरण गरेको बताउनुभयो । 

विद्यार्थीहरू उल्लेख मात्रा रहेपनि उनिहरूलाई विद्यालय आउन झोला, कापी, किताब समेत किन्न अप्ठ्यारो परेको परिस्थितिमा वडाले यस प्रकारको साथ सहयोग गर्नुले विद्यार्थीप्रति जनप्रतिनिधि कत्तिको संवेदनशील रहनु भएको छ भन्ने दर्शाएको विद्यालयका प्रधानाध्यापकहरूले बताउनुभयो । 

त्यस्तै, कामपा ८ ले विभिन्न स्थानमा रहेका विद्यालय तथा शैक्षिक संस्थाहरूलाई खेलकुदका सामग्री लगायतका आवश्यक वस्तुहरू उपलब्ध गराउँदै आईरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार