राष्ट्रिय अनुसन्धान विभाग मुख्य अनुसन्धान निर्देशक विहिन, ओमप्रकाश जोशी आकांक्षी

दक्ष खबर 16457+ समाचार ( )
३१ भाद्र २०८२, मङ्गलबार

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग मुख्य अनुसन्धान निर्देशक विहिन भएको छ । २०८२ भदौ २९ गतेदेखि उमेर हदका कारण हुतराज थापा ५८ वर्षे उमेरहद पूरा गरेर अनिवार्य अवकासमा जानु भएकाे हाे । 

हाल नयाँ आईजीपीको नियुक्त अन्योलमा परेको छ । उमेर हदका कारण हुतराज थापा अवकाश लिएपछि हालका सिनियर मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीले सिनियरको आधारमा दैनिकी विभागीय कामकाज अगाडी बढाएका छन् ।

मुख्य अनुसन्धान निर्देशक बन्न दुई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकास जोशी र टेकेन्द्र कार्की बीच तिव्र प्रतिस्पर्धा सुरू भएको छ । यस अघि हुतराज थापा र अहिलेका दावेदार ओम जोशीबीच तिव्र प्रतिस्पर्धा भएको थियो । वरिष्ठका आधारमा भन्दै  सरकारले हुतराज थापालाई मुख्य अनुसन्धान निर्देशक (आईजीपी) बनाएको थियो ।

थापाले आफ्नो तिन वर्ष कार्यकाल पुरागरेर यहीँ भदौ २८ गते रातिबाट अनिवार्य अवकाशमा गएपछि थापासँग आईजीको प्रतिस्पर्धामा रहेका जोशी सिनियरको आधारमा आगामी डेढ वर्षका लागि चिफ बन्न सक्ने स्रोतले जनाएको देखिएकाे छ । २०५३ सालमा वर्तमान प्रमुख थापासँगै अनुसन्धान विभामा प्रवेश गरेका पाटन न.पा बैतडीका ओम प्रकाश जोशी र जुम्लाका टेकेन्द्र कार्की मुख्य अनुसन्धान निर्देशकका लागि दाबेदार हुन् ।

सिनियरको हकमा टेकेन्द्र कार्की भन्दा ५ वर्ष १७ दिन जागिर अवधिभर बढुवामा सिनियर रहेका ओमप्रकाश जोशीलाई देशको एकमात्र गुप्तचरी सेवालाई मजबुत बनाउन र त्यसको संवेदनशीलतालाई दृष्टिगत गर्दै आगामी अनुसन्धान विभाग प्रमुखमा भए जोशीको कार्यक्षमताले पक्कैपनि संगठनले चुस्त बन्ने सुरक्षाविद् बताउँछन् ।

विभागले कार्यसम्पादन, कार्यक्षमता, अब्बल, प्राज्ञिक स्तरलाई आधार मानेको छ । हालसम्मकै विवादरहित उच्च अधिकृतका रुपले चिनिने जोशी त्यस आधारमा पनि अगाडि रहेका छन् । यसैको आधारमा नवगठित भएको अन्तरिम सरकारका प्रधानमन्त्री र मन्त्रीपरिषद्ले पनि सिनियर र कार्यक्षमताको आधार हेर्ने र विभागमा विवादरहित ब्यक्तिलाई नियुक्ती गर्दा संगठन बलियो र राज्यलाई सुचना प्रवाह गर्न समेत सहज हुने देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार