जेन-जी प्रदर्शन पछि सुमनाले मागिन् प्रधानमन्त्रीको राजीनामा

दक्ष खबर 15672+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । सामाजिक सञ्जालमार्फत उनले नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने नेपाल सरकार धिक्कार भन्दै आक्रोश पोखेकी छन् ।

उनले भनेकी छन्, ‘नेपाली मारेर शासन गर्ने– बच्चा मारेर शासन गर्ने–नेपाल सरकार धिक्कार ! मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना ,प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ । तपाईंले राजीनामा दिनैपर्छ ।’

उनले प्रदर्शनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार