जुम्लाको तिला गाउँपालिका वडा - ५ बालविवाह मुक्त वडा घाेषणा

दक्ष खबर 15668+ समाचार ( )
तिलक उपाध्याय
३ आषाढ २०८२, मङ्गलबार

जुम्ला । जुम्ला जिल्लाको तिला गाउँपालिका वडा ५ बालविवाह मुक्त वडा घाेषणा गरिएको छ । आफ्नो वडा भित्र बसाेबास गर्ने वडावासीलाई उमेर नपुगि हुने विवाहमा राेग्न लगाउने उद्देश्यले सोमबार वडा ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हाे ।

यसअघि अशिक्षा परम्परागत  देखासिखिका कारण बालविवाह भए पनि अहिले  सामाजिक संञ्जाल प्रविधिको दुरुपयोगले विवाह हुने गरेको पाईन्छ । बालविवाहले महिलाको सामाजिक मानसिक, स्वाथ्य, शिक्षा, रोजगारी जस्ता क्षेत्रमा असर पारेको छ । तिला गाउपालिका वडा ५ मा १ हजार ९ सय ५१ जनसंख्या रहेकाे छ । २ सय ६५ घरधुरी रहेकाे छ । उक्त वडामा १ हजार १ सय १० महिला र ८ सय ४१ पुरूषकाे संख्या रहेकाे छ ।

"वडामा विभिन्न कार्यक्रम जस्तै बालविवाहकाे बारेमा परामर्श, छलफल तथा सजग गरेर भए पनि वडामा बालविवाह रोक्ने अभियानले पुर्णता पाएकाले वडालाई बाल विवाह मुक्त वडा घाेषणा गरिएको," वडाअध्यक्ष ललित बहादुर शाहीले जानकारी दिए ।

उनले, गत वर्ष वडामा ४ वटा बालविवाहका घटना भएकाे बताउदैँ वडाकाे पहलमा सबै बालविवाह राेक्न सफल भएको वडाअध्यक्ष शाहीकाे बताए । उनले, याे आर्थिक वर्षकाे हाल सम्म वडामा बालविवाहका घटना शून्य रहेकाे बताए ।

"अहिले हामीले बालविवाह अपराध हो भन्ने बुझाएका छौँ। बालविवाह गर्नेलाई गाउँपालिका र वडाबाट हुने सार्वजनिक सेवाबाट वञ्चित गर्नेदेखि विवाह बहिष्कार गर्ने  गरेकाे उनले बताए ।"

यसको लागि वडामा रहेका ४ वटा बस्तीमा बाल क्लब गठन गर्ने देखि बालवबिवाह हुन नदिनका लागि विभिन्न क्रियाकलाप गर्दै आएकाे वडा अध्यक्ष शाहीले बताए ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरिनन्द आचार्यले जिल्लामा बाल विवाह मुक्त वडा घाेषणा धमाधम हुने गरेकाे बताउँदै, घाेषणा मात्र गरेर नहुने भएकाले सबै वडा बासिले व्यवाहारमा लागू गर्नुपर्ने बताए ।

बाल बिवाह हाम्रो समाजकाे लागि एक क्यान्सरको रूप हाे । यसलाई समयमै निर्मुलगर्न तर्फ नलागे पछि ठुलाे रूप लिने हुदा समयमै सबै सचेत रहनु पर्ने बताए ।

त्यस्तै, तिला गउँपालिकाका अध्यक्ष माेतिलाल राेकायाले," तिला गाउँपालिकाले बाल बिवाह मुक्त र बालमैत्री स्थानीय शासन घाेषणाका कार्यक्रमलाई बिशेष  रूपमा अघि सारेकाे बताए ।"

उनले, पछिल्लो समय सामाजिक संजाल जस्ता दुरुपयोग, अभिभावकले निगरानी नगरेकै कारणले बालविवाह हुने भएकाे हुदाँ सबैले आफ्ना बालबालिकालाई निगरानीमा राख्नु पर्ने बताए ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष पुर्ण प्रसाद चाैलागाईले बालविवाह रोकिएको खण्डमा सभ्य र समृद्ध जिल्ला निर्माण हुने बताए । उनका अनुसार, समाजकाे क्यान्सर र बिकृतिका रूपकाे बालविवाह लाई सबैकाे हातेमालोका साथ अन्त्य गर्नु   पर्ने बताए ।

किर्डाक नेपाल जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले  तिला गाउँपालिकामा गत वर्षमा ४ वटा विवाह भएका थिए । तर याे आर्थिक वर्षकाे हाल सम्ममा २० वर्षमुनि बिहे गर्ने शून्यमा झरेको बताए।

मुलुकी अपराध संहिता, २०७४ ले २० वर्ष नपुगी विवाह गर्न वा गराउन हुँदैन भनी व्यवस्था गरेको छ। उक्त ऐनमा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर हुने व्यवस्था छ।

त्यस्तै बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। बालविवाह गर्ने गराउने कार्य दण्डनीय हुने व्यवस्था छ।साथै नव निर्मित भवनकाे पनि उद्घाटन गरिएकाे छ

तिला गाउँपालका वडा नम्बर ५ काे आयाेजना र वल्ड भिजन ईन्टरनेसनल नेपाल र किर्डाक नेपालकाे साझेदारीमा कार्यक्रम गरिएको थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार