काठमाडौँ । बछलेश्वरी जात्रालाई भब्य सब्य एवं ऐतिहासिक रूपमा मनाउन काठमाडौँ महानगरपालिका वडा ८ ले पहलकदमी गर्ने भएको छ । आगामी चैत १५/१६/१७ र १८ गते पाशुपत क्षेत्रमा ऐतिहासिक रूपमा मनाइने जात्राको तयारी यतिबेला तयारी तिव्र भई रहेको छ ।
काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा -८ का वडाअध्यक्ष आशामान संगतले," जात्रा पर्वलाई कसैले पनि पैसा सँग दाज्न नहुने बताउँदै जात्रा पर्व सञ्चालनका लागि आवश्यक रकम काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने बताउनुभयो ।"
आज स्थानीयहरू सँग छलफल गर्दै उहाँले, "बछलेश्वरी जात्रालाई ऐतिहासिक रूपमा मनाउन कुनैपनि कसर बाँकी राख्न नहुने बताउनुभयो ।" "करिब ५ दिनसम्म चल्ने जात्रामा स्थानीय प्रत्यक्ष रूपमा संलग्नता रहने हुदाँ यसलाई महत्त्वपूर्ण रूपमा सञ्चालन ब्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।"
वडाअध्यक्ष संगतले यस क्षेत्रको सबैभन्दा ठुलो जात्रा बछलेश्वरी जात्राको नाममा कुनै पनि डवली, फल्चा नरहेकाले यस वर्ष मूर्ति प्रतिस्थापन सहित फल्चा निर्माण गरिएको बताउनुभयो ।
उहाँले,"जात्रा सञ्चालनको लागि काठमाडौँ महानगरपालिकालाई सम्पूर्ण जिम्मेवारी दिने हो भने, राम्रोसँग सञ्चालन गर्ने समेत बताउनुभयो ।" जात्राको लागि साजसज्जा, बत्ती लगायत सरसफाई र सुरक्षाको विषयमा कुनैपनि कमी नहुने बताउनुभयो । उहाँले, यसपटकबाट जात्रा पर्वहरूको डकुमेन्टेेसन गरी ऐतिहासिकता जोगाउन आफुहरू लागि परेको बताउनुभयो ।
जात्रा आगामी ९ गते दु:दु:च्याँच्याँ (पशुपतिनाथबाट निमन्त्रणा पूजा) गरेपछि १३ गते (वज्रेश्वरी मन्दिर) मा देशोद्वार पुजा गरिने छ भने, १४ गते (श्रीबत्सलेश्वरी मन्दिरमा) देशोद्वार पुजा गरिन्छ । सोही दिन श्री वज्रेश्वरी मन्दिरमा कुम्हमचा (कन्या) पुजा गरिन्छ ।
१५ गते बछलेश्वरी मन्दिरमा पाँहाचह्रे गरिन्छ भने विभिन्न देवी देउताहरूलाई बली सहित पुजा गरिन्छ । त्यसपश्चात सोही दिन बछलेश्वरीमा (कन्या पुजा) कुम्हमचा गरि पाहाँचह्रे गरिन्छ । सोहि दिन बज्रेश्वरीलाई पशुपतिनाथ अमालकोट कचहरीबाट बलि सहित जयवागेश्वरी मन्दिरमा अमालको बलि सहितको पुजा रहनेछ ।
त्यसपछि, तलेजु भवानीमा अमालको बलिसहसतको पुजा रहने छ भने, बछलेश्वरी देवीलाई अन्न प्राशन सहित बलीपुजा पछि बछलेश्वरीमा कन्या कुमारी पूजा गरि आकाश भैरव, महादेव, बछलेश्वरीको प्रतिमूर्ती खटमा राखेर बछलेश्वरी मन्दिरमा लगिन्छ ।
१६ गते बेलुकाबाट बछलेश्वरीको रथ शुरूवात । खट उठाउने दिन जात्रा प्रारम्भ हुने राति ८ बजे बछलेश्वरि
१७ नवाली टोल जयवागेश्वरी सिफल हुदैँ जयवागेश्वरी हुदै पशुपति ल्याने र सोहि दिन राति ९ बजे नक्शाल भगवती ल्याइने । १८ गते बिहान चावहिलका स्थानीयहरूले चावहिल गणेशस्थान लगेर कुटुबहाल हुदै सिलफ चौरमा खेलाई भण्डारखालको बगौचामा ३ ठक्कर लगाई पुन: नवाली टोल हुदैँ जयवागेश्वरि भएर पशुपतिनाथ पुग्नेछ । तल पशुपतिनाथ लगेर पशुपतिनाथको गेेटमा ३ ठक्कर लगाई पशुपतिनाथको श्रीका मुल पुजारीबाट सिन्दुर चढाए पश्चात् डवलीमा ल्याई जात्रा समापन हुनेछ ।
त्यसैगरी, बत्सलेश्वरी जात्रा ब्यवस्थापन तथा सञ्चालनको लागि पशुपति क्षेत्र विकास कोषले पनि स्थानीय सहित सरोकारवाला पक्ष सँग छलफल गरेको छ । छलफलमा स्थानीयहरूले विकास कोषले जात्रालाई उपेक्षा गरेको बताएका छन् । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षको अध्यक्षतामा आयोजित बैठकमा कोषका कार्यकारी निर्देशक सुवास चन्द्र जोसी, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा ८ का वडा अध्यक्ष आशामान संगत, कामपा - ७ का वडा अध्यक्ष विमल होडा स्थानीय गुठी, खल: पुचका प्रतिनिधि, क्लब संघ संगठनका प्रतिनिधिहरूको बैठकमा उपस्थिति रहेको थियो ।
स्थानीय मुकुन्द वैद्यले, " स्थानीय जात्रालाई उपेक्षा नगरि आफ्नै जात्रा हो भन्ने स्वरूपले जात्रा सञ्चालन गर्नुुपर्ने बताउनुभयो ।" सन्ध्या पुस्तकालयका अध्यक्ष शिव कुमार संगतले, बत्ती लगाउने काम कठिन बन्दै गएको र त्यसको लागि ब्यवस्थापन मिलाइदिनु हुन आग्रह गर्नुभयो ।
त्यस्तै, रक्त कपालीले, भगवान मार्गलाई परापूर्व कालिन रूपमा नै सञ्चालन गर्नुपर्ने बताउनुभयो । प्राचीन बाटोलाई अगाडि बढाउँनु पर्नेमा उहाँको जोड रहेको बताउनुभयो ।
स्थानीय शम्भु डंगोले, "देशोद्वार गुठिबाट जात्राको सुरक्षा एवं जात्रामा मनलागि नगरि गुठियारले सञ्चालन गर्ने अधिकार प्रत्याभूत गर्न आग्रह गर्नुभयो । " कुमार कुमारीको ब्यवस्थापन र राति पुजा गर्नुपर्ने भएकोले बत्छलेश्वरीमा पनि पुुजा सञ्चालन पारिश्रमिक र पुजाको ब्यवस्थापन एवं सहजता प्रदान गरिदिन आग्रह गर्नुभयो ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं बैठकका अध्यक्ष नारन प्रसाद सुवेदीले, "विकास कोषले दिने र स्थानीयले माग्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।" उहाँले, स्थानीयको पहल कदमी सहित अक्षयकोष मार्फत जात्रा पर्व सञ्चालन गर्नु पर्ने बताउनुभयो ।" जात्रा पर्व सञ्चालनको विषयमा आर्थिक रूपमा अगाडि बढाउँने बताउदैँ आगामी बर्ष थप बजेट विनियोजन गरिने बताउनुभयो ।