रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश 

दक्ष खबर 16457+ समाचार ( )
२३ पौष २०८१, बुधवार
काठमाडाैँ । सहकारीको रकम  ठगी प्रकरणका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई  चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।

बुधवार अदालतले लामिछानेको मुद्दामा बहस नसकिएकोले न्यायिक हिरासतमा पठाउने आदेश दिएकोहो । थुनछेक बहस नसकिएकोले जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस पैरवी र थुनछेक गर्न बिहीवार बोलाइएको छ ।

साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध मङ्गलवार दायर मुद्दामा बुधवारदेखि बहस शुरु भएको छ ।

बुधवार चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले बहस गरेका छन् । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार