करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ

दक्ष खबर 16514+ समाचार ( )
१८ माघ २०८१, आइतबार
काठमाडौँ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३९ वर्षीया कल्पना गैरे रहेको प्रहरीले जनाएको छ।

पाल्पा घर भई कैलालीको धनगढी उपमहानगरपालिका बस्दै आएकी गैरे ‘मिटरब्याजी’का नामले समेत परिचित छिन् । मिटर ब्याजमा ठगी गरेको आरोपमा केही समयअघि उनी धनगढीको चौराहामा कुटपिटसमेतमा परेकी थिइन्।

उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य रहिसकेकी गैरे कैलालीको अत्तरिया र धनगढीमा ‘धर्मरुद्र’ नामक अस्पताल सञ्चालन गर्दै आएकी थिइन्। हाल उक्त अस्पताल बन्द रहेको बताइएको छ। उनी विभिन्न बहानामा ठगी गर्ने गिरोहकी मुख्य सदस्यका रूपमा चिनिन्छिन्। कैलालीमा ठूलो मात्रामा रकम ठगी गरेपछि पछिल्लो समय उनी पोखरामा लुकेर बसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, गणेश ढकालले दिएको जाहेरीका आधारमा उनलाई काठमाडौंको बानेश्वरस्थित गैरीगाउँबाट पक्राउ गरिएको हो। काठमाडौँ जिल्ला अदालतको पक्राउ आदेशपछि अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि माइतीघर प्रहरी कार्यालयमा बुझाएको छ।

गैरेमाथि जबरजस्ती चोरी, ठगी, र आपराधिक लाभ लिएको आरोप लागेको छ। प्रहरीले उनी फरार हुने र प्रमाण नष्ट गर्ने सम्भावना रहेकाले तत्काल पक्राउ गरिएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार