१७औँ राष्ट्रिय बाल नाटक महोत्सवका लागी स्कृप्ट बुझाउने समय पाँच दिन थप 

दक्ष खबर 16002+ समाचार ( )
१९ मंसिर २०८२, आइतबार

काठमाडौँ । १७औँ राष्ट्रिय बाल नाटक महोत्सवका लागी स्कृप्ट बुझाउने समय पाँच दिन थप गरिएको छ । शैली थिएटरको आयोजनामा हुन लागेको महोत्सवका लागि स्क्रिप्ट आह्वान गरिएको समय पुष २५ गतेसम्मका लागि थप गरिएको हो ।

यसअघि स्कृप्ट आह्वानको समय आज पुष २० गतेसम्मका लागि तोकिएको थियो । विभिन्न स्कुल तथा संघ संस्थाहरुले स्कृप्ट बुझाउने समय केही दिन थप गर्न अनुरोध गरेकाले यसको मिति पाँच दिन थपिएको १७ औँ राष्ट्रिय बाल नाटक महोत्सवका निर्देशक नवराज बुढाथोकीले जानकारी दिनुभएको छ । 

ओजस थिएटरको समेत सहकार्यमा हुन लागेको यो महोत्सवमा सहभागी हुन इच्छुक व्यक्ति, संघ,संस्था, नाट्य समूह, विद्यालय लगायतलाई नाटकको स्कृप्ट दर्ताका लागि आह्वान गरएिको हो । विगत १६ वर्षदेखि शैली थिएटरले राष्ट्रिय बाल नाटक महोत्सव आयोजना गर्दै आएको छ । कोरोनाकालमा भौतिक रुपमा महोत्सव गर्न सम्भव नहुदा पनि भर्चुअल रूपमा यो महोत्सव गरेर यसलाई सफलतापूर्वक निरन्तरता दिएको भन्दै १७औँ राष्ट्रिय बाल नाटक महोत्सव आयोजना गर्ने यो संघारमा हामी आईपुग्दा खुशीको सिमा नरहेको शैली थिएटरका महासचिव सवीन न्यौपानेले बताउनुभयो ।

नाटक महोत्सवका लागि छनौट भएका स्कृप्टलाई पुषको अन्तिम साता सार्वजनिक गर्ने तालिका रहेको अर्का आयोजक ओजस थिएटरका प्रमुख सागर कार्कीले अवगत गराउनु भएको छ । यो महोत्सव सात दिनसम्म रुसी सदन,कमल पोखरीमा सञ्चालन हुनेछ  । नाटकको स्कृप्ट रूसी सदन कमलपोखरी र रातोपुल स्थित शैली थिएटर तथा ओजस थिएटरमा बुझाउन सकिने छ । नाटकले बालबालिकाको मानोविज्ञान र नैतिक आचरणमा नकारात्मक असर पार्ने कुनै पनि भाषिक र विषयगत कुराको अभ्यास गर्न नपाउने नियम आयोजकले बनाएको छ । 

त्यस्तै, नाटक ३० मिनेटदेखि बढीमा ७० मिनेटसम्मको हुनुपर्ने र मञ्चनमा पर्दा अगाडि र पर्दा पछाडि गरी बढीमा १५ जनासम्मको समूह सहभागी हुन पाइने जनाइएको छ । २०६६ सालदेखि शैली थिएटरले आयोजना गर्दै आइरहेको नाटक महोत्सवमा पहिलो वर्ष ६ वटा नाटकहरू समावेश रहेका थिए । 

त्यस्तै, २०६७ सालमा १० ओटा नाटक मञ्चन भएका थिए भने, २०६८ सालमा ८ वटा, २०६९ सालमा १४ वटा, २०७० सालमा १० वटा नाटक समावेश रहेका थिए । 

त्यस्तै, २०७१ सालमा १५ वटा, २०७२ सालमा १२ वटा, २०७३ सालमा १५ वटा, २०७४ सालमा १५ वटा, २०७५ सालमा २० वटा, २०७६ सालमा १८ वटा तथा, २०७७ सालमा १२ वटा, २०७८ सालमा १० वटा नाटक मञ्चन भएका थिए । रूसी सदन कमल पोखरीमा आयोजना भएको २०७९ सालको महोत्सवमा २९ वटा नाटक मञ्चन भएका थिए ।

प्रतियोगी नाटकका लागि उत्कृष्ट अभिनेता पुरस्कार सात हजार, उत्कृष्ट निर्देशक पुरस्कार सात हजार, उत्कृष्ट नाटक पुरस्कार १० हजार, प्रोत्साहन पुरस्कार पाँच हजार, पब्लिक च्वाइस पुरस्कार पाँच हजार, अनुशासित नाटक पुरस्कार पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार