काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र - ८ ले प्रतिनिधि सभासदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मुस्कान राज गौतमको नाम सिफारिस गरेको छ । स्ववियु सभापति समेत रहेका गौतमलाई काठमाडौँ क्षेत्र - ८ ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ नाम सिफारिस गरेको हाे ।
संगठनभित्र सक्रिय भूमिका, युवापुस्तामा प्रभाव र सामाजिक सेवामा देखाएको निष्ठालाई आधार मान्दै कांग्रेसका स्थानीय नेतादेखि कार्यकर्तासम्मले गौतमलाई अघि बढाउनुपर्ने बताएका छन् ।
सरस्वती क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (फ्री–स्टुडेन्ट युनियन) सभापति रहँदा उनले विद्यार्थीकाे हकहित र पारदर्शी प्रशासन र क्याम्पसभित्र सुधारतर्फ उल्लेखनीय पहलहरू अघि सारेका थिए ।
गौतम करातेका राष्ट्रिय खेलाडी समेत हुन्। विभिन्न लियो क्लब र लायन्स क्लबका पदाधिकारीका रूपमा सक्रिय रहदै उनले नेतृत्व क्षमतामा दक्षता र समाजप्रतिको संवेदनशीलताका प्रस्तुत गर्दै अघि बढेका छन् ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र - ८ ले प्रतक्ष्य तर्फ मुस्कान राज गौतम, सपना राजभण्डारी, राजुराज जोशी, राजु खरेल, रवीन्द्र लाल श्रेष्ठ, विजय गोपाल श्रेष्ठ, अमित सिंह कार्की र समानुपातिक तर्फबाट बद्री नेपाल र राज्यलक्ष्मी श्रेष्ठकाे नाम सिफारिस गरेकाे छ ।