काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २७ ले वडाभित्रका स्थानीयहरूलाई पौडि तालिम प्रदान गरेको छ । विभिन्न उमेर समुहका करिब १२० जना बच्चा युवा र गृहिणीहरू उमेर समुहका ब्यक्तिहरूलाई १५ दिने पौडि तालिम प्रदान गरिएको हो ।
पौडि तालिम कार्यक्रमको समापन गर्दै वडाअध्यक्ष योगेश कुमार खड्गीले, मानिसलाई आत्मविश्वास बढाउन, आफु भित्रको नेतृत्वपनलाई सधैं भरी उजागर गर्नका लागि पौडि अति आवश्यक रहेको बताउनुभयो । उहाँले वडाले हाल विभिन्न तालिमहरू प्रदान गरिरहेकाले सबैमा स्थानीयको सक्रियता अधिक रहनुपर्नेमा जोड दिनुभयो । वडाअध्यक्ष खड्गीले हरेक मानिसले आफ्नो अस्तित्व, सुरक्षा र सम्मान पहिल्याउनका लागि पौडिन आवश्यक रहेकाले वडाले स्थानीयहरूलाई यसतर्फ अग्रसर गराएको बताउनुभयो ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि हरिप्रभा खड्गीले,स्थानीय तहबाट प्रदान गरिने हरेक कार्यक्रमहरूको महत्त्व विशेष रहेको बताउनुभयो । उहाँले, स्थानीयको सक्रिय सहभागीता बिना यस्ता कार्यक्रमहरू सफल नहुने भएकाले हरेक नागरिकले आफ्नो अत्मविश्वाशलाई सधैं उच्च राख्नका लागि यस्ता खाले तालिमहरू अति आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै, वडासदस्य सृष्टि कांशाकारले, स्थानीयस्तरबाट हुने जुनसुकै खाले तालिमहरूमा महिलाहरूको सक्रिय आवश्यक महसुस गरिएको बताउनुभयो । उहाँले स्थानीय स्तरबाट हरेक स्तारका मानिसहरूलाई विभिन्न प्रकारका तालिमहरू समयानुकूल प्रदान गरिनै राखिने भएकाले वडाबाट सार्वजनिक हुने हरेक सुचनाहरूमा सबैले सक्रियताका साथ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा २७ का वडाअध्यक्ष योगेश कुमार खड्गी, प्रमुख अतिथि हरिप्रभा खड्गी, वडासदस्यहरू दिनेश श्रेष्ठ, सृष्टि कांशाकार तुलाधर, धर्म प्रजापति,प्रभा परियार सहित आर्किटेक्क इञ्जिनियर गौरव श्रेष्ठ, लेखापाल विजय सिंह महरा लगायत स्थानीय प्रशिक्षार्थीहरूको उल्लेख सहभागीता रहेको थियो ।
वडा २७ ले वडाभित्रका स्थानीयहरूलाई वारिष्टा तालिम, वेकरी तालिम, जुम्बा तालिम, धिमे बाजा प्रशिक्षण, सेनेटरी प्याढ बनाउने तालिम, भाञ्छा औषधालय तालिम, उद्योषण तालिम, मोबाइल जर्नालिजम् लगायतका तालिमहरू प्रदान गर्दै आईरहेको छ ।