प्रकृतिको न्यायको लागि नेविसंघ पद्मकन्या क्याम्पसको दबाबमुलक प्रदर्शन (तस्बिरसहित)

दक्ष खबर 17388+ समाचार ( )
६ माघ २०८१, मङ्गलबार

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) पद्मकन्या बहुमुखी क्याम्पस समितिले भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्री टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको लागि दबाबमुलक प्रदर्शन गरेको छ ।

कार्यक्रम संयोजक एवं नेविसंघ एकाई सह-कोषाध्यक्ष उर्वशी पाण्डेको संयोजकत्वमा आज पद्मकन्या बहुमुखी क्याम्पस समितिले प्रकृति लम्सालको न्यायको लागि दबाबमुलक प्रदर्शन गरेको हो ।

स्ववियु सचीव भुपी ऐरले,"भारतको  केआईआईटी कलेजमा १६ फेब्रुअरीमा भएको घटनालाई गहिरो खेद व्यक्त गरेका छौँ । क्याम्पस प्रशासनले विद्यार्थीहरूलाई  गरेको व्यवहार प्रती घोर भत्सर्ना गरेको बताउनुभयो ।"


उहाँले, सकेसम्म चाँडो क्याम्पसमा फर्कन अपिल गरेको तर, फर्किदै गरेको नेपाली विद्यार्थी साथीहरूलाई अब दिइने मानसिक तनाबको बारे एक चोटि सोच्नु पर्ने उहाँले बताउनुभयो ।  

यस विषयमा नेपाली दूतावासका अधिकारीको विशेष ध्यानाकर्षण गराउनुका साथै, परिस्थिति समाधान नभएसम्म विश्वविद्यालयमा विद्यार्थीहरुलाई सुरक्षाको व्यवस्था गरिओस भन्ने मागलाई अगाडि बढाएको छ ।

प्रकृति लम्साललाई न्याय नपाएसम्म हामीले सकारात्मक रूपमा दबाब राख्न आवश्यक छ र राखिरहने ऐरले बताउनुभयो ।  यदि यो घटनालाई पद्मकन्या कलेज जस्तो महिला कलेजले उठाएन भने कस्ले उठाउने त? यस्ता हजारौं प्रकृति लम्सालहरु ह्यारेस्मेन्ट्/ ब्ल्याकमेल भाइराखेका छ्न् ।हामी सम्पुर्ण पद्मकन्या परिवार विद्यार्थीहरूको हकहितको पक्षमा दृढ भएर उभिने उहाँले बताउनुभयो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार