मन्त्रीहरु जिब्रोमा ब्रेक लगाएर बोल्नुस् : रामहरी खतिवडा

दक्ष खबर 16514+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार

काठकाडाैँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सरकारका मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गर्नुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनअघि नेपाल प्रहरीको महानिरीक्षकको जिब्रो थुत्नुपर्दछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको हो । 

उहाँले सो अभिव्यक्तिको सम्बन्धमा संसदमा जवाफ दिन माग गर्नुभयो । उहाँले मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो ‘गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने चर्चा छ । यो के हो ? यो बारे कसले जवाफ दिनुपर्ने हो, यसको जवाफ हामी खोज्न चाहन्छौँ । मन्त्रीको पद पैसामा बिक्री गर्न शुरुवात गरेको हो कि होइन ? यस्ता अभिव्यक्ति किन आउँछन् योबारे सरकारले जानकारी देओस् । दोस्रो, म सत्तारुढ पक्षकै सांसद हुँ । तर सूचना तथा सञ्चारमन्त्रीले केही दिन पहिला नेपाल प्रहरीका आइजिपीका जिब्रो थुत्नुपर्दछ भनेर अभिव्यक्ति दिनुभएछ । यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरुलाई आग्रह गर्न चाहन्छु, जिब्रोमा ब्रेक लगाइयोस् । अन्त कहाँ–कहाँ लगाउनुपर्ने हो ब्रेक लाग्दै गर्ला । तर मन्त्रीहरुले चाहीँ जिब्रोमा ब्रेक लगाएर बोल्ने गरियोस् । सभामुखसँग अनुरोध गर्न चाहन्छु यसको जवाफ संसदमा दिइयोस् ।’

सांसद खतिवडाले गण्डकी प्रदेशमा मन्त्रीको पद बिक्री गर्न लागिएको भन्ने चर्चा चलेको भन्दै सो अभिव्यक्तिको सन्दर्भमा पनि सरकारसँग जवाफ माग गर्नुभयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार