काठमाडौँ । दोस्रो ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ अन्तरगत आज भएको पहिलो खेलमा कामपा वडा नं. ८ बिजयी भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं. २३ को आयोजनामा जारी दोस्रो ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ को चौथो दिनको पहिलो खेलमा पेनाल्टी सुटआउटमा वडा नं. १३ लाई हराउँदै कामपा वडा नं. ८ ३-२ गोल अन्तरले विजयी भएको हो ।
खेलमा वडा नं. ८ का खेलाडीहरू मनिस सेढाईं, राहिन शाही र सत्कृत भण्डारीले समान १/१ गोल गरेका थिए ।
त्यस्तै, वडा नं. २३ का खेलाडीहरू आशिष कपाली र अभय विक्रम राणाले समान १/१ गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच कामपा वडा नं. ८ का किप्पर मिसन श्रेष्ठ घोषित भएका थिए ।
खेलका विजेता टीमले २ लाख रुपैयाँ, उपविजेता टीमले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् भने, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र गोलरक्षक १/१ जनालाई १० हजार रुपैयाँसहितको पुरस्कृत गरिनेछ ।
खुला उमेर समूहका पुरुष खेलाडी बिच खेल हुनेछ । नकआउटका आधारमा हुने खेल हरेक दिन बिहान ८ बजेदेखि १२ बजेसम्म भईरहेको हुनेछ । खेल असोज ९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा ३२० युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र ५ सय युवा कार्यक्रमका लागि परिचालित हुने अपेक्षा गरिएको छ ।