स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो युइएफए नेसन्स लिगको उपाधि

दक्ष खबर 16457+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

काठमाडौँ । आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्‌टी सुटआउटमा ५–३ गोलअन्तरले हराउँदै पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि जितेको छ ।

अतिरिक्त समयमा २–२ गोलको बराबरीमा खेल टुङ्गिदा रुबेन नेभेसले पोर्चुगलको जितका लागि विजयी पेनाल्‌टी किक प्रहार गरे । पेनाल्‌टीमा स्पेनका लागि अल्‌भारो मोराटाले मौका गुमाएपछि रुबेन नेभेसले स्पटबाट गोल गर्न सफल भए ।

डिएगो कोस्टाले अल्‌भारो मोराटाको पेनाल्‌टी सुटआउट बचाएपछि डिफेन्डिङ च्याम्पियन स्पेनमाथि ऐतिहासिक जित निकाल्‌दै पोर्चुगल दुई पटकको नेसन्स लिग विजेता बनेको हो ।

त्यसअघि स्पेनका लागि मार्टिन जुबिमेन्डी र मिकेल ओयारजाबालले गोल गरेपछि पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्‌डो र नुनो मेन्डेसले बराबरी दुई गोल फर्काएका थिए ।

खेलको अन्त्यमा कप्तान क्रिस्टियानो रोनाल्‌डोका आँखा खुशीको आँसुले भरिएका थिए । घाइते भएर मैदानबाट बाहिर निस्किएपछि उनी निर्णायक क्षण हेर्न बाध्य भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार