काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले युवा सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत भएको बताउनु भएकाे छ ।
सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उहाँले युवा परिवर्तनका संवाहक तथा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताउनुभयाे ।
उहाँले, ‘युवा राजनीतिक, सामाजिक,आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत हुन्, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति हुन् ।’
साथै, उहाँले युवाको स- शक्तिकरणका लागि शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर प्रदान गर्नुपर्ने बताउनुभयाे । उहाँले युवाहरुको आवश्यक्ता र भावनालाई बुझेर नयाँ नीतिको आवश्यक्ता भएको बताउनुभयाे ।