कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८० का लागि छानिए उत्कृष्ट दश आख्यानकृति

दक्ष खबर 16577+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

चितवन । कविडाँडा साहित्य समाज, चितवनले प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिहरूमध्येबाट एक कृतिलाई प्रदान गर्दै आएको ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’, २०८० का लागि दश कृतिको छनोट गरेको छ । समाजका अध्यक्ष एल.बी. क्षेत्रीले जारी गर्नुभएको एक विज्ञप्तिअनुसार उत्कृष्ट दशमा परेको आख्यानकृति नम्नानुसार रहेका छन् । 

जसमा विष्णु सापकोटाको अडिएका पाइला उपन्यास, कृष्ण गौतमको अद्वैत उपन्यास, रमेश सायनको अन्तर उपन्यास, सानु शर्माको अर्को देशमा कथा सङ्ग्रह, विश्व कुइँकेलको गोपीचा उपन्यास, जीवन जीवन्तको चरैवेति उपन्यास, भक्त स्याङतानको डम्फुको आत्मालाप कथा सङ्ग्रह, खेम बतासको बुढीपोल्ली कथा सङ्ग्रह, गोविन्दप्रसाद कुसुमको भृकुटी उपन्यास र रोशन थापा ‘नीरव’को सन्त्रासका ६० दिन, उपन्यास रहेका छन् । 

विज्ञप्तिमा भनिएका छ, ‘यी कृतिहरूमध्येबाट दोस्रो चरणमा उत्कृष्ट पाँच कृतिको सूची प्रकाशित गरिने छ, र ती मध्येबाट उत्कृष्ट एक कृतिको छनोट गरी ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८०’ प्रदान गरिने छ ।’

कविडाँडा साहित्य समाजले गतवर्षदेखि कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार प्रदान गर्दैै आएको छ । एक लाख २५ हजार राशि रहेको यो पुरस्कार पहिलोचोटि डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ लाई प्रदान गरिएको थियो ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार