सिम्रिक यातायातद्वारा काठमाडौँदेखि कार्कडभिट्टासम्म सर्वसुलभ बस सेवा शुरू

दक्ष खबर 15672+ समाचार ( )
८ कार्तिक २०८१, बिहीबार

काठमाडौँ । सिम्रिक यातायात ट्राभल्स एण्ड टर्स प्रा. लीले काठमाडौँदेखि कार्कडभिट्टासम्मका लागी सर्वसुलभ बस सेवा शुरूवात गरेको छ । ट्राभल्सले दसैंदेखी नै काठमाडाैँकाे जोरपाटी बौद्धदेखि कार्कडभिट्टासम्म बससेवा शुरूवात गरेको हो ।

"हाल दिउँसो २ बजे काठमाडाैँबाट दुईवटा बस सञ्चालनमा ल्याएको ट्राभल्सले जनाएकाे छ । यात्रुहरूलाइ सहज रूपमा आफ्नाे गन्तब्यमा पुर्याउन कटिबद्ध रहेकाे ," ट्राभल्स सञ्चालककाे भनाइ रहेकाे छ । 


ट्राभल्सका अनुसार,'लक्जरियस बस सेवा, आरामदायी सोफा, चिया, कपिकाे सुविधा,  सहित बसमा ब्लाङ्केट तथा एसी सहित चाजगर्ने ब्यवस्था र महिलाहरूकाे लागी शारिरीक समस्या भएमा सेनेटरि प्याडकाे नि:शुल्क ब्यवस्था समेत रहेको बताएकाे छ । '

त्यस्तै, ४० जना यात्रु सवार बसमा भाडा दर तीहार लक्षित २४५० रहेकाे छ भने, अरूबेलामा २००० रूपैयाँ कायम गरिएको ट्राभल्सले जनाएकाे छ । हाल दिउँसोको रूट तथा रात्रिकालिन सेवा सञ्चालनमा रहेको र आगामी दिनमा यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै थप बसहरू थप्नुका साथै सेवा सुविधालाई बढावा गर्ने बताइएको छ ।

त्यस्तै, उक्त बस मार्फत सेवा उपभोग गर्न चाहाने यात्रुले 01-4910038 , 01-4913888 र 9841445437 नम्बरमा सम्पन्न गर्नपनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार