काठमाडौँ। काठमाडौँ महानगरपालिकाका सम्पदा तथा पर्यटन समिति संयाेजन एवं यँःया (इन्द्रजात्रा) मूल समारोह समिति संयोजक आशामान संगतले खर्च नभएका कारण कुनै पनि जात्रा, पर्व नरोकिने बताउनुभएकाे छ ।'
उहाँले यँःया (इन्द्रजात्रा) मूल समारोह समिति र यँःया (इन्द्रजात्रा) व्यवस्थापन समितिका पदाधिकारीहरुका बिचमा जात्रा सञ्चालन, व्यवस्थापन र समन्वयका विषयमा छलफल क्रममा आएका गुनासाहरू सम्बोधन गर्दै खर्च नभएका कारण कुनै पनि जात्रा, पर्व रोकिने अवस्था सिर्जना हुनु गम्भिर कुरा रहेकाे बताउनुभयाे ।
समितिका संयोजक संगतले, 'गएका बर्षहरुमा जात्रा सञ्चालनका लागि प्रदान गर्नु पर्ने रकम समयमा प्राप्त हुन नसकेकोले कार्य सञ्चालन कठिन भएको व्यवस्थापन समितिका पदाधिकारीले गुनासो गरेपछि, खर्च नभएका कारण जात्राका क्रियाकलाप नरोकिने बताउनुभयो ।'
उहाँले,‘खर्च नभएकै कारण यस अघि रोकिएका क्रियाकलापलाई हामी पुनःस्थापना गर्दैछौँ । राष्ट्रिय पर्वका क्रियाकलाप रोकिन दिने त कुरै आउँदैन ।'
उहाँले,‘कुरा यत्ति हो । सार्वजनिक कोषबाट हुने खर्च प्रचलित कानुनले निर्दिष्ट गरेको व्यवस्थाबमोजिम हुने बताउनुभयाे ।’
आफ्नो भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने हरेक जात्रा र पर्वको महानगरपालिकाले अभिभावकत्व लिने समिति संयोजक संगतले बताउनुभयाे ।