गोकर्णेश्वर–८ द्वारा छाहारी युवा क्लबका महिला खेलाडीलाई जर्सी हस्तान्तरण (तस्विरसहित)

दक्ष खबर 16458+ समाचार ( )
रेडबुल एन्फा महिला च्याम्पियनसिपमा सहभागिता
२८ पौष २०८२, बुधवार

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशालामा आयोजना हुन लागेको रेडबुल एन्फा महिला च्याम्पियनसिप २०८२ मा सहभागी हुन लागेको छाहारी युवा क्लबका महिला खेलाडीहरूलाई गोकर्णेश्वर नगरपालिका वडा  ८ ले जर्सी हस्तान्तरण गर्दै हौसला तथा प्रोत्साहन प्रदान गरेको छ।

वडाले खेलाडीहरूको आत्मविश्वास, आत्मबल र मनोबल सुदृढ बनाउने उद्देश्यले उक्त सहयोग गरिएको जनाएको छ। स्थानीय तहबाट प्राप्त सहयोगले खेलाडीहरूलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको छ।


एन्फाद्वारा आयोजना हुने प्रतियोगिता फागुन १ देखि ९ गतेसम्म सञ्चालन हुने छ। प्रतियोगितामा देशका विभिन्न प्रतिष्ठित क्लबहरूको सहभागिता रहनेछ । खेल तालिका अनुसार छाहारी युवा क्लबले पहिलो खेल फागुन २ गते दिउँसो ३ बजे चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल जितेमा टोलीले फागुन ५ गते सेमिफाइनल प्रवेशका लागि थप प्रतिस्पर्धा गर्नेछ।

खेलाडीहरूको उत्साह, अनुशासन र टिमवर्कले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने विश्वास व्यक्त गर्दै वडा - ८ ले सफलताको अग्रिम शुभकामना समेत दिएको छ । प्रदेश तथा राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्यसहित छाहारी युवा क्लबको महिला टोली गाईघाट प्रस्थान गर्ने तयारीमा रहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार