काठमाडौँ । नेपाल तरुण दलले सबै खाले भष्ट्राचारकाे छानबिन, सहकारि ठगिकाे छानविन र प्रेस स्वतन्त्रताकाे पक्षमा गगंबुमा मसाल जुलुस निकालेको छ ।
नेपाली कांग्रेस तरूण दल केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निरन्जन थापाकाे संयाेजनमा मसाल जुलुस निकालिएको हो ।
मसाल जुुलुस पछिकाे काेण सभामा बाेल्दै संयोजक निरन्जन थापाले, 'न सत्तापक्ष न प्रतिपक्ष भष्ट्रचारीलाई निष्पक्ष कारबाहि गर्न माग गर्नुभयो ।' उहाँले, 'हिजाे समाजमा गलत काम गर्ने खराब प्रवृत्तिका जो कोही माथि पनि छानवीन गर्न सरकार पछि पर्न नहुने उहाँले बताउनुभयो ।'
उहाँले, 'भगवानकाे रुपमा समाजमा ठगिकाे धन्दा गर्ने गिराेह नै हावि भएकाे बताउनुभयो ।' त्यस्तै, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास शिराेहिया प्रकाउ प्रकरण प्रति लक्षित गर्दै स्वयम् गृहमन्त्री रवि लामिछानेको दाेहेाराे पासपाेर्ट र सहकारि ठगिकाे स-प्रमाण सहित कान्तिपुर दैनिकमा समाचार लेखेकै भरमा प्रकाउ गर्नु गलत भएकाे बताउनुभयो । उहाँले, नेपाली कांग्रेसले प्रेस स्वतन्त्रताको पक्षमा रहेकाे बताउनुभयो ।
मसाल जुलुसमा तरुण दलका केन्द्रीय सदस्यहरु भागवत रेग्मी, प्रदिप थापा, सुमन गिरि पुष्कर बास्ताेला, पशुपति पाेखरेल, उमेश श्रेष्ठ, सेतेमान तामाङ, पार्टिका महासमिति सदस्यहरु शुलिल भट्ट, सानुकाजि प्रजापति नेविंसघका केन्द्रीय सदस्यहरुकाे बाक्लाे उपस्थिति रहेकाे नेविंसघ केन्द्रीय सदस्य बिजय डुङ्गानाले जानकारि दिनुभयो ।