जयवागेश्वरीमा एक महिलाको शव फेला

दक्ष खबर 15671+ समाचार ( )
२७ पौष २०८१, आइतबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा - ८ जयवागेश्वरीमा शव फेला परेको छ । शनिबार बिहान जयवागेश्वरीको त्रिशूल जात्राको सत्तलमा शव फेला परेको हो । 

स्थानीयका अनुसार मानशिक सन्तुलन ठिक नभएको र करिव चालिस बर्ष हाराहारीको महिलाको शव फेला परेको हो । 

प्रहरीका अनुसार मृत महिलाको साथबाट केही पनि सरकारी कागजात नभेटिएकाले हालसम्म ब्यवारिसे अवस्थामा शव रहेको र पोष्टमाटमका लागि अस्पताल पठाइएको जनाएको छ । 

शवको  पहिचान अझैसम्म पनि खुल्न सकेकाे छैन । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार