चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक (भिडियाेसहित)

दक्ष खबर 16534+ समाचार ( )
२३ श्रावण २०८२, बिहीबार

काठमाडौँ । नेपाली चलचित्र ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँको सिभिल मलमा आयोजित एक कार्यक्रमकाबीच फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको हो । 

चलचित्रमा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका लोकप्रिय कलाकार केदार घिमिरे ’माग्ने बुढा’लाई मुख्य  भूमिकामा देख्न सकिन्छ । उनले मुख्य भुमिकामा खेलेको यो पहिलो चलचित्र पनि हो । ट्रेलरको मुख्य भागमा पनि केदार घिमिरे नै देखिएका छन् ।

फिल्लमा वर्षा सिवाकोटी, विल्सन विक्रम राई र शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ । फिल्मको कथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन् ।

ऋषि लामिछानेको निर्देशनमा बनेको फिल्म आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।  फिल्लमा माग्ने राजालाई धनाढ्य र सामान्य वर्ग दुवै भेषमा देखाइएको छ ।

बिना मिहेनत पैसा कमाउन नहुने सन्देश यस फिल्ममा दिन खोजीएको छ । फिल्म भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउदैँछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार